"नेपालको समृद्धिको सहयात्री"
NP

Citizen Investment Trust

Pokhara Branch

पोखरा शाखा कार्यालय

Pokhara Branch

 

स्थापना :

नागरिक लगानी कोषको आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सबै सेवासुविधाहरु स्थानीयस्तरमा नै उपलब्ध गराउने उदेश्य अनुरुप कोषको शाखा कार्यालय बिस्तारको शुरुवात गर्ने क्रममा बि.स.२०७१ सालमा सुन्दर पर्यटकीय नगरी पोखरामा कोषको पहिलो शाखा कार्यालयको रुपमा यस शाखाको स्थापना भएको हो l यस कार्यालयले बि.स.२०७२ पौष २८ गते देखि निरन्तर सेवा प्रबाह गर्दै आएको छ l

 

कार्यक्षेत्र :

गण्डकी प्रदेश अन्तर्गतका बाग्लुंङ्ग, गोरखा, कास्की, लम्जुंङ्ग, मनांङ्ग, मुस्तांङ्ग, म्याग्दी नवलपुर, पर्बत, स्याङ्गजा र तनहुँ गरि ११ जिल्लाहरु यस कार्यालयको मुख्य कार्यक्षेत्र रहेका छन् l

 

गण्डकी प्रदेशमा नागरिक लगानी कोषको सेवा :

बि.स.२०७२ भाद्र ६ गते कार्यालयको औपचारिक समुद्घघाटन सुसम्पन्न भएपछि बि.स. २०७२ पौष २८ गते देखि कर्मचारी बचत बृद्दी अवकाश कोष अन्तर्गतका सहभागीलाई ८० प्रातिशत ऋण सापटी उपलब्ध गराएर सेवा प्रबाहको सुरुवात भएको हो l यस शाखा कार्यालयले अहिले केन्द्रीय कार्यालयबाट प्रबाह हुने प्राय सबै किसिमका सेवाहरु उपलब्ध गराउदै आएको छ l

 

यस शाखा कार्यालयबाट उपलब्ध हुने सेवाहरु :-

१. कर्मचारी बचत बृद्दी अवकाश कोष, बिमा कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना र नागरिक पेन्सन कोष योजनाको सम्बन्धमा बिस्तृत जानकारी दिने तथा ति कार्यक्रमको भौचर र फाटबारी संकलन गर्ने l

२. कोषका सबै कार्यक्रमको परिचयपत्र र  परिचयपत्र नम्बर प्रदान गर्ने l

३. सबै स्किम (कर्मचारी बचत बृद्दी अवकाश कोष, उपदान कोष, बीमा कोष, नागरिक पेन्सन कोष) को कोष कट्टी रकम जम्मा गर्न स्विकृति प्रदान गर्ने l

४. सबै स्किम (कर्मचारी बचत बृद्दी अवकाश कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोष र नागरिक पेन्सन कोष) को कोष कट्टी रकमको स्टेटमेन्ट प्रदान गर्ने l

५. खाता एकीकरण (account merge) गर्ने l

६. इ-सर्भिस र मोबाइल apps सेवा प्रदान गर्ने l

७. ८० प्रतिशत सापटी (कर्मचारी बचत बृद्दी अवकाश कोष र लगानीकर्ता हिसाब योजना) प्रदान गर्ने l

८. सबै स्किम (कर्मचारी बचत बृद्दी अवकाश कोष, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोष र नागरिक पेन्सन कोष) को अन्तिम भुक्तानी (Final Payment) गर्ने l

९.आवास कर्जा (home loan), सरल कर्जा (easy loan) र जग्गा खरिद कर्जा प्रबाह  गर्ने l

 

आवास कर्जा र सरल कर्जा उपलब्ध हुने क्षेत्रहरु :

१. पोखरा महानगरपालिकाको सम्पूर्ण क्षेत्र l

२. पोखरा महानगरपालिकासंग सिमाना जोडिएका उपमहानगर र नगरपालिकाको सहरी क्षेत्र भित्र l

 

कार्यालय प्रमुख :-

नाम: नवराज गौतम

Email: [email protected]

सम्पर्क न. :- ९८५६०१८३८८

 

सूचना अधिकारी : हरिहर गुरागाईं

Email: [email protected]

सम्पर्क न. :- ०६१-५४३२३४  Ext. 108

 

कार्यालको ठेगाना :-

गण्डकी प्रदेश, पोखरा महानगरपालिका वडा न. ९

नया बजार, पोखरा, कास्की

सम्पर्क न. :- ०६१-५८८०३०, ५८८०३१

Email: [email protected]