"नेपालको समृद्धिको सहयात्री"
NP

Citizen Investment Trust

Butwal Branch

बुटवल शाखा कार्यालय
Butwal Branch Office

 

स्थापना:
नागरिक लगानी कोषको आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सबै सेवासुविधाहरु
स्थानीयस्तरमा नै उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय बिस्तारको क्रममा यस शाखाको स्थापना वि.स. २०७८
सालमा सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको बुटवलमा कोषको तेश्रो शाखा कार्यालयको रुपमा स्थापना
भएको हो।यस कार्यालयले बि.स. २०७८ साउन २० गते देखि निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ।
 

सेवाहरु:-

  • नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी र भौचर संकलन गर्ने।
  • कोषका सबै कार्यक्रमको परिचयपत्र वितरण तथा परिचयपत्र समर्थन प्रदान गर्ने।
  • कोषका सबै कार्यक्रमको कोषकट्टी रकमको स्टेटमेन्ट प्रदान गर्ने।
  • खाता एकिकरण तथा शुद्धिकरण ।
  • ८०% सापटी भुक्तानी (कर्मचारी बचतबृद्धि अवकाश कोष र लगानीकर्ता हिसाब योजना) प्रदान गर्ने।
  • ८०% सापटी तथा घर कर्जा/सरल कर्जाहरूको ऋण चुक्ता (Loan Repayment) गर्ने ।
  • अवकाश पछिको अन्तिम भुक्तानी गर्ने।
  • ई-सर्भिस र मोबाइल एप्स सेवा प्रदान गर्ने।
  • आवास कर्जा, सरल कर्जा तथा शैक्षिक सापटी र जग्गा खरिद कर्जा प्रवाह गर्ने ।
  • अनलाइन फाँटवारी तथा भौचर इन्ट्रीबारे सेवा प्रदान गर्ने।
  • दुर्घटना क्षतिपुर्ति
  • नागरिक पेन्सन योजनामा सहभागी भएका सहभागीहरुलाई काजक्रिया खर्च ।
  • अन्य सुबिधाहरु
     

कार्यक्षेत्र
शाखा कार्यालय, बुटवलको कार्य क्षेत्र लुम्बिनी प्रदेश अन्तर्गतका कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता
पश्चिम), पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम(पूर्व), रोल्पा, दाङ, बाँके र बर्दिया गरी १२ जिल्लाहरु यस
कार्यालयको मुख्य कार्यक्षेत्र रहेका छन।


आवास कर्जा र सरल कर्जा उपलब्ध हुने क्षेत्रहरू:-
1. बुटवल उप-महानगरपालिकाको सम्पूर्ण क्षेत्र।
2. बुटवल उप-महानगरपालिकासंग सिमाना जोडिएका नगरपालिका र गाउँपालिकाको सहरी क्षेत्र भित्र।
3. रुपन्देही, कपिलवस्तु र नवलपुर जिल्लाको सहरी क्षेत्र भित्र।

 

कार्यालय प्रमुख:-

 नाम: रामेश्वर पुडासैनी
 इमेल: [email protected]
 सम्पर्क नं. : 9857044521

 

सूचना अधिकारी
नाम: मन मोहन मिश्र
इमेल: [email protected]

सम्पर्क नं.: ०७१-५३४५२१
 

कार्यालयको ठेगाना:-
लुम्बिनी प्रदेश, बुटवल उप-महानगरपालिका वडा नं. ७
दीपनगर, बुटवल, रुपन्देही
सम्पर्क नं. :- ०७१-५३४५२१, ५३३७५८
इमेल :- [email protected]